गठवन्धनका कंडेललाई हराउँदै नवलपरासी– २ बाट राप्रपाका ध्रुवबहादुर प्रधान विजयी

Advertisement

काठमाडौं । नवलपरासी– २ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान विजयी भएका छन् ।

उनले गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका देवेन्द्रराज कंडेललाई १९ हजार ५९५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।

Advertisement

प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कंडेलले १९ हजार ५९४ मत मात्र ल्‍याए ।

यस्तै नेकपा एमालेका उम्‍मेदवार दिपेन्द्रकुमारी अधिकारीले १४ हजार ४९८ मत पाएका छन् ।

Advertisement

Advertisement