नुवाकोट– १ मा गठवन्धनबाट माओवादीका तामाङ पुनः विजयी, एमाले जिल्लामा शुन्य

Advertisement

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ पुनः विजयी भएका छन् । उनले नेकपा एमालेका बद्री मैनालीलाई हराएर जित हासिल गरेका छन् । 

गए राति सम्पन्न मतगणनाअनुसार तामाङले २६ हजार ५४८ मत ल्याए भने मैनालीले २३ हजार ४६३ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रधुम्न महत क्षेत्रीले छ हजार ए११३ मत पाए । 

Advertisement

तामाङसहित नुवाकोटका सबै सिटमा सत्ता गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । नुवाकोटको प्रतिनिधि सभा र प्रदेशसभा कांग्रेस र माओवादीका उम्मेदवारहरु विजयी भएका छन् । 

नुवाकोट– १ को प्रदेश सभा क्षेत्र नं २ मा कांग्रेसका रमेश महत, क्षेत्र नं. १ मा माओवादीकी राधिका तामाङ विजयी भएकी छन् । 

नुवाकोट क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा यसअघि नै कांग्रेसका अर्जुननरसिंह केसी निर्वाचित भएका छन् । नुवाकोट– २ को प्रदेश– १ मा गठबन्धनका तर्फबाट माओवादीका रामप्रसाद ढुंगाना र प्रदेश– २ मा कांग्रेसका बहादुरसिंह लामा निर्वाचित भएका छन् । 

Advertisement

Advertisement