विवादित मतपत्रहरु बदर गरेर उदयपुर– १ मा मतगणना सुचारु, खड्का र चौधरीबीच प्रतिस्पर्धा

Advertisement

काठमाडौं । उदयपुर क्षेत्र नम्ब १ का १० मतदान केन्द्रका सय वटा विवादित मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । गणना अवरुद्ध भएको तीन दिनपछि निर्वाचन आयोगको निर्देशनमा गणना सुचारु गरिएको हो । 

मतगणनाका क्रममा पछिल्ला १० वटा मतपेटिका खोल्ने क्रममा बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२) अन्तर्गतका मतपत्र भेटिएपछि विवाद भएको थियो । ती मतपत्रहरु दोहोरो परेकाले बदर गर्ने निर्णय गरिएको सो क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

Advertisement

उदयपुर– १ मा सत्तारुढ गठवन्धनबाट नेपाली कांग्रेसका डा. नारायण खड्का र नेकपा एमालेबाट मञ्जुकुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ । 

Advertisement

Advertisement