देउवा र ओलीले साथ नदिए पनि प्राधिकरण बालेनको पक्षमा, अतिक्रमित संरचना हटाउन अल्टिमेटम

Advertisement

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका सबै संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ । 

यसअघि एकीकृत वागमती सभ्यता विकास समितिको सुचनाअनुसार यस्ता संरचना हटाउन खोज्दा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले सात नदिएपनि प्राधिकरणले बुधबार ३५ दिने सुचना निकालेर सबै अवैध संरचना हटाउन भनेको हो । 

Advertisement

समितिको सुचनाअनुसार दिएको समयसीमामा अतिक्रमित संरचना हटाउन खोज्दा काठमाडौं महानगरपालिकाको सुरक्षा टोलीमाथि आक्रमण भई झण्डै तीन दर्जन मानिस घाइते भएका थिए । 

उक्त आक्रमणमा प्रहरीले साथ नदिएको भन्दै महानगरपालिकाका मेयर बालेन शाहले बालुवाटार पुगेर देउवासँग आक्रोसित भएका थिए । साथै, एमालेका अध्यक्ष केपी ओलीले वागमती नदी निकारका सुकुम्वासी हटाउन खोजेर महानगरपालिकाले तमासा गरेको भन्दै बालेनको आलोचना गरेका थिए । 

प्राधिकरणले आज सूचना जारी गरेर काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन आदेश दिएको हो । यसबाट सरकार र ठूला दलका नेताबाट साथ नपाएका मेयर शाहलाई केही राहत मिलेको छ । 

वागमती नदी निकारमा बस्दै आएका सुकुम्वासीहरु कम्युनिष्ट पार्टीका कार्यकर्ता भए पनि काठमाडौं क्षेत्र नम्बर १ का साँसद प्रकाशमान सिंहले भोट बैंकको रुपमा प्रयोग गर्दै आएका छन् । यही गएको चुनावमा पनि सिंहले ठूलो रकम खर्च गरेर उनीहरुको भाट किनेको स्वयम कांग्रेसकै कार्यकर्ताले बताएका छन् । 

प्राधिकरणले अवैध संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले हटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनीसमेत दिएको छ ।

Advertisement

Advertisement