रविको लोकप्रियताबाट ठूला दल र नेता त्रसित, नागरिकताकबारे छानविन गर्न प्रहरीलाई आदेश

Advertisement

काठमाडौं । राजनीतिमा प्रवेश गरेका पूर्वसञ्चारकर्मी रवि लामिछानेको नागरिकता छानविन गर्न सरकारले प्रहरीलाई आदेश दिएको छ । रवि लामिछाने चितवन– २ बाट लोकप्रिय मतका साथ प्रतिनिधिसभामा विजयी हुनुका साथै उनको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले थुप्रै सिटमा जित हासिल गरेपछि ठूला दलका नेताहरु झस्किएका थिए । 

अमेरिकाको नागरिकता त्याग गरेर स्वदेश फर्किएका रवि लामिछाने अहिले लोकप्रिय नेतको रुपमा उदाएका छन् । टेलिभिजनमार्फत समाज सेवा र समाज सुधारका काम गरेका कारण चर्चामा रहेका उनले राजनीतिक क्षेत्रमा कायम रहे आफूहरुको अस्तित्व संकटमा पर्ने देखिएपछि पूराना दल र नेता झस्किएका हुन् । 
 
यसअघि निर्वाचन आयोगमा रविको नागरिकतासम्वन्धमा उजुरी परे पनि उनी निर्वाचन भएपछि आयोगले यो मुद्दा अब आफूले नहेर्ने निर्णय गरेको थियो । उनको नागरिकताबारे छानविन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गरेको छ । ठूला दल र नेताहरुले नागरिकतालाई हतियार बनाएर रविलाई लगाम लगाउने योजना बनाएको हुनसक्ने अडकल गरिएको छ । 

Advertisement

Advertisement

Advertisement