नयाँ राजनीतिक चलखेलः ओलीलाई भेट्न बालकोट पुगे गगनका ससुरा

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी बालकोट पुगेका छन् । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री हुने इच्छा देखाइरहेको बेला उनका ससुरा केसी ओलीलाई भेट्न गएका हुन् । 

ओलीको निमन्त्रणामा केसी राति बालकोट पुगेको समाचार छ । कांग्रेसका पूराना नेताहरु गगनलाई सत्ता सुम्पिने पक्षमा नरहेको र गगन अहिले नै प्रधानमन्त्री हुन लालयीत भइरहेको बेला ओलीले नयाँ राजनीतिक खेल सुरु गर्न लागेको अनुमान गरिएको छ । 

Advertisement


केसी र ओलीबीच दुई घण्टा लामो राजनीतिक छलफल भएको थियो ।   सरकार बनाउन सत्तारुढ गठवन्धन र एमाले पक्षसँग स्पष्ट बहुमत नहुँदा दुवै पक्षलाई सडक पर्दै आएको छ । 

Advertisement

Advertisement