ओलीको पालाका मात्रै होइन्, देउवाको पालाका भ्रष्टाचार काण्डको पनि छानविन हुनुपर्छः केसी

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता र साँसद अर्जुननरसिंह केसीले भ्रष्टाचारको छानविनको लागि कुनै एक पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन आयोग बन्नुपर्ने बताएका छन् । 

नानसँगको कुराकानीमा उनले केपी ओली नेतृत्वको पालानमा मात्रै नभएर आफ्नै पार्टी कांग्रेस सभापति शेरबहादुर देउवाको पालना भएका भ्रष्टाचारको पनि छानविन हुनुपर्छ भन्दै उनले भ्रष्टाचार को कोबाट कति कति भएको छ ? वास्तविकता जनतालाई जानकारी दिनुपर्ने बताए । 

Advertisement

केसीले पूर्वप्रधानमन्त्री केपी ओलीको बेलामा ठूलठूला भ्रष्टाचारका काण्डहरु भएको दुई–चार महिना अघि वाइडबडी काण्डदेखि ३३ किलो सुन काण्डसम्म, ओम्नी र यति प्रकरणदेखि बुढीगण्डकीसम्मका काण्डको कुरा गरेर ताली खाने काम आफूले गरेको बताउँदै आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठूला काण्डहरुको बारेमा छानबिन हुन नसकेको असन्तुष्टि जनाए । 

उनले दलका ठूला नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नगरेको बताए । वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्रलगायत दलका नेताहरुसँग भेट गरेको बताउँदै केसीले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको र जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ ? भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताए । 

केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा जनताले स्वतन्त्रहरुलाई भोट दिएको उनको भनाई छ । केसीले भने, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरु देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व, नीति र कार्यशैलीको बिरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’

नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने नेता केसीले बताए । 

उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको दावी गरे । केसीले कसैसँग कुनै पनि पद माग्न नजाने पनि बताए । उनले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको स्वीकार गरे । 

नेता केसीले नेपाली काँग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गरे । उनले निर्वाचनमा जनताको बीचमा गरेका प्रतिवद्धताहरुपूरा गर्नका लागि गठबन्धनलाई स्थायित्व र स्थिरता दिने प्रतिवद्धता नै आजको आवश्यकता भएको तर्क पनि गरे । केसीले काँग्रेस गठबन्धन भित्रको ठूलो दल भएकाले पनि काँग्रैसकै नेतृत्वमा सरकार बन्ने बताए । 

Advertisement

Advertisement