अलपत्र रहेको साँखु—थली सडक बनाउन नसक्ने मेयरलाई राजीनामा दिन नेतृ कुन्तीको सुझाव

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं २ की पराजित उम्मेदवार कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छन् । 

शुक्रवार नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको आरोप लगाएको भन्दै झुट्टा आरोप नलगाउन  चेतावनी दिएकी छन् । जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिहरुले पदमा बसिरहन नमिल्ने पोखरेलको भनाई छ । 

Advertisement

एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए । त्यसपछिको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाएका थिए । 

नेतृ पोखरेलले जनप्रतिनिधिहरुले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले स्थानीयको साथ लिएको बतायन् । उनले जनताका समस्या समाधान नभएसम्म आफू उनीहरुसँगै रहने भन्दै पोखरेलले जनताका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको बताइन् । 

यस्ता अवरोध बारम्बार हुने चेतावनी पोखरेलले दिइन् । उनले नगरप्रमुखसँग स्थानीहरुले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरे पनि मेयरले बेवास्ता गरेको बताइन् । पोखरेलले सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माणका काम कहिले हुने ? भनी प्रश्न गरिन् । 

समाजसेवीसमेत रहेकी पोखरेलले साँखु—थली सडक निर्माणको काममा राजनीतिक दलहरुले पूर्वाग्रह देखाएको आरोपसमेत लगाइन । उनले मेयर कार्कीलाई व्यक्तिगत लाञ्छना र दुष्प्रचार गरी कसैको मानमर्दन नगर्न चेतावनी दियन् । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भए पनि उनी साँखु—थली बर्षौदेखि अलपत्र भएको विषयमा मौन देखिन्छिन् । 

Advertisement

Advertisement