स्वतन्त्रलाई राष्ट्रपति बनाउने कुराबाट तर्सियो माओवादी, राजनीतिक पृष्ठभूमिकै चाहिन्छः गुरुङ

Advertisement

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । 

मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने उनको तर्क छ । 

Advertisement

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा गुरुङले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्र्वुको विकल्प नरहेको तर्क गरे । राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदल भित्र कहीँ कतै पनि कुरा नउठेको उनले जिकिर गरे । 

गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क समेत गरे । उनले भने, ‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत् यो कुरा सुनिराखिएको छ । आईराखेको छ । अब सुनेकै कुरा ठिक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन् । दृष्टिकोण होइन ।’ 

Advertisement

Advertisement