संसद बैठक अगावै राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आव्हान गरेपछि प्रचण्ड रुष्ट

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने तर्क अघि सारेका छन् । 

पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै उनले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् । राष्ट्रपति विद्या भण्डारीले सात दिनभित्र सरकार गठनका लागि आज आइतबार आव्हान गरेपछि प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो । 

Advertisement

निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै उनले सांसदहरुको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको बताए । 

प्रचण्डले भने,  ‘सांसद हरुको शपथ ग्रहण नहुदै सरकार गठन गर्ने नजिर जस्तो बन्न गएको छ । यो सही होइन । सामान्यतया निर्वाचन आयोगले राष्ट्रपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा निर्वाचित सांसदहरुको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलहरुको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरुको शपथग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ । उचित हुन्छ । र विगतको परम्परा पनि त्यही हो भन्नेमा हाम्रो निस्कर्ष छ ।’ 

उनले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाइने बताए पनि राष्ट्रपतिले आव्हान गरेपछि रुष्ट भएका हुन् । 

Advertisement

Advertisement