विश्वका १४ अग्ला हिमाल दोहोर्याएर चढ्ने सानु शेर्पा सम्मानित, मन्त्रीले दिए एक महिनाको तलब

Advertisement

काठमाडौं । विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल दोहोर्याएर चढी विश्व कीर्तिमान कायम गर्ने सानु शेर्पालाई सरकारले सम्मान गरेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उनलाई बोलाएर प्रमाणपत्र दिएको हो । साहसिक कार्यमार्फत नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको भन्दै मन्त्रालयले उनलाई सम्मानपत्र दिएको हो । प्रमाणपत्र मन्त्री जीवनराम श्रेष्ठले शेर्पालाई हस्तान्तरण गरे । सोही क्रममा मन्त्री श्रेष्ठले उनलाई आफ्नो एक महिनाको तलब ७० हजार रुपियाँ पनि दिए । 

Advertisement

सोलुखुम्बुको मकालु गाउँपालिकाका वासिन्दा शेर्पा गाउँमा आर्थिक अवस्थाका कारण परिवार पाल्न कठिन भएपछि शहर झरेर ट्रेकिङ गाइडको काम गर्दै आरोहणमा लागेका थिए ।  

Advertisement

Advertisement