राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि भेट्न पुगे अमेरिकी राजदूत

Advertisement

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत भेट्न पुगेका छन् । 

सरकार गठनका लागि कसरत चलिरहेको बेला सक्रिय रहेका अमेरिकी राजदूत डिन आर थम्पसन बुधबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङदेनलाई भेटेका हुन् । उनले यसअघि ठूला दलका नेताहरुलाई भेट्दै आएका थिए । पछिल्ला दिनमा भारतीय र अमेरिकी राजदूतको सक्रियता बढी देखिएको छ । 

Advertisement

आजको भेटमा राजदूत थम्पसनले राप्रपा अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभाको सदस्य निर्वाचित भएकामा र मंसिर ४ को निर्वाचनमा राप्रपाले सफलता पाएकामा बधाई दिएका जनाइएको छ । 

भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको  राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । 

Advertisement

Advertisement