फेरि प्रधानमन्त्री हुने प्रचण्डको चाहना पूरा हुन नदिने ओलीको संकेत, देश मध्यावधिमा जानसक्ने

Advertisement

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दावी गरेका छन् । 

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि प्रचण्डले अधिकतम् प्रयास गरिरहेका बेला ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो । उनले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे । 

Advertisement

प्रधानमन्त्री हुने इच्छा प्रचण्डले व्यक्त गरिरहेको उल्लेख गर्दै ओलीले त्यस संभावनालाई समयले नै समाप्त पारिदिएको उनको तर्क छ । ओलीले अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिन संभावना समेत औंल्याए । 

उनले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन् । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाई छ– आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालती प्रवशमः भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जे जस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाईदिन्छ ।’ 

ओलीले थपे, ‘यदि तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न । बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आँफै झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाईदा समयले खाईदिन्छ । त्यस्तै हुने अव उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरुले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरि घुमिफिरिकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिदैन । किनभने सरकार गठन नै हुन सकेको छैन् स्वार्थको टकरावले भने अनि संचालन कसरी होला ? नेकपा एमाले मात्रै हो हैसियत छ । राष्ट्रिय स्वार्थबाहेक दलगत स्वार्थ छैन ।’

Advertisement

Advertisement