प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको सहमति, पाँच वटामा प्रदेश सरकार पनि बनाउने

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।

उक्त बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरु सहभागी भएका थिए । 

Advertisement

एमाले अध्यक्ष ओलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउतले छलफल गरेका थिए । 

यी दलहरुको गठबन्धन पछि मधेश र सुदूरपश्चिम बाहेक प्रदेश सरकार पनि बनाउने भएका हुन् । 

Advertisement

Advertisement