मध्यस्थता र मेलमिलापका माध्यमबाट बिवाद समाधानलाई सवलिकरण गर्दै लगिनेः खतिवडा

Advertisement

काठमाडौ । नेपाल इन्टरनेशनल एडिआरसेन्टरको आयोजनामा मध्यस्थता र मेलमिलापका माध्यमबाट हुने बिवाद समाधानमा देखिएका समस्याहरु र समाधानका उपायहरुका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।  सो कार्यक्रममा न्यायकानून क्षेत्र, ईन्जिनियरिङ्ग क्षेत्र, लेखा तथा ब्यवस्थापन क्षेत्र तथा प्रशासन क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतले आफ्नो क्षेत्र र जिम्मेवारी पहिचान गरेको बताए । बिवाद समाधानका प्रभावकारी  माध्यमहरु मध्यस्थता र मेलमिलापलाई सवलिकरण गर्दै लगिने प्रतिबद्धता ब्यक्त गरे । सर्वोच्च अदालतका अर्का न्यायाधीश अनिलकुमार सिंन्हाले मध्यस्थता प्रकृयालाई प्रभावकारी बनाउन यसमा देखिएका समस्याहरुमा केन्द्रित भई काम गर्नु आवश्यक रहेको उल्लेख गरे । 

Advertisement

कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव उदयराज सापकोटोले सरकारका तर्फबाट गर्नु पर्ने प्रयासलाई निरन्तर जारी राखिने बताए ।  कार्यक्रममा आयोजक संस्थाका तर्फबाट उच्च अदालतका पूर्ब मुख्यन्यायाधीश केशरीराज पंडितले  मध्यस्थता र मेलमिलापका क्षेत्रमा गर्नु पर्ने सुधारका क्षेत्रहरु उल्लेख गर्दै मनतब्य ब्यक्त गरेका थिए कार्यक्रमको अध्यक्षता गरेका डा. मुक्ति रिजालले कार्यक्रमको उपदेयता प्रकाश पारेका थिए । 

कार्यक्रममा मध्यस्थतामा देखिएका र  समाधान गर्नु पर्ने समस्या र समाधानका उपायहरुमा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिवक्ता मातृका निरौलाले मध्यस्थता र मेलमिलापका बिषयमा अध्ययन र बुझाईको कमी रहेको उल्लेख गरे । मध्यस्थकर्ताहरुले उन्नत र स्तरिय फैसाला आउन ठप्प भयो, यसका पछाडी विभिन्न प्राविधिक समस्या रहेको उनको भनाई थियो ।  

मध्यस्थतामा देखाएका समस्यातर्फ लक्षित गर्दै मध्यस्तथा शत्रको अध्यक्षता गर्नु भएका सर्वोच्च अदालतका अनिल कुमार सिंहाले,  प्रस्तोताले औलाएका समस्याहरुमा कुनै  दुइमत नरहेको कुरा व्यक्त गर्दै निति परिवर्तनमा भन्दा पनि निति कार्यान्वयनमा बढी ध्यान दिन पर्ने र  सफा नियतका साथ काम गरे कार्यान्वयन पनि सफल हुने कुरा स्पष्ट पारे । मध्यस्थता कानुनमा राम्रो दक्षता हासिल गर्नु भएका सिंन्हाले बाहिरको मध्यस्थता अभ्यास र हाम्रो देशमा हुने गरेको अभ्यासमा धेरै अन्तर रहेको स्पष्ट पार्दै न्यायिक प्रतिष्ठान  मार्फत पनि थप तालिम दिने दिलाउने ब्यवस्था मिलाई भएका समस्या समाधानका लागि सर्वोच्च अदालतले आवश्यक पहल गर्ने आश्वासन समेत दिए ।  

कार्यक्रमको दोश्रो शत्र मेलमिलापका बिषयमा केन्द्रित थियो । त्यसै अवसरमा न्यायाधीश खतिवडाले वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यद्वारा लिखित मेलमिलाप सम्बन्धी पुस्तक विमोचनबाट सुरु भएको थियो । मेलमिलापका विभिन्न विधा र वुदामा केन्द्रित पुस्तक विमोचन पश्चात डा।आचार्यले मेलमिलापमा पद्दतीमा देखिएका समस्याहरु प्रस्तुत गरेका थिए । 

उच्च अदालतका पूर्व मुख्य न्यायधीश  केशरराज पंडितले समस्याको समाधानका उपायहरु प्रस्तुत गरेका थिए । आयोजक संस्थाका तर्फबाट पूर्व न्यायधीश  बिनोदप्रसाद शर्माले, आयोजक संस्था राष्ट्रिय तथा क्षेत्रीय रुपमा मध्यस्थता र मेलमिलाप सेवा प्रदान गर्दै आएको, एशिया प्रशान्त क्षेत्रमा स्थापित एशिया प्याशिफिक सेन्टर फर आर्विट्रेशन एण्ड मिडिएशनको संस्थापक सदस्यको हैसियतले समेत काम गरिआएको, तालिम तथा बिभिन्न कार्यशाला संयुक्तरुपमा संचालन गरी आएको, हाम्रा बिशेषज्ञहरु अन्य मुलुकमा गएर सेवा प्रदान गर्न समेत सक्षम रहेको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी काम गर्दैजाने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद र आभार ब्यक्त गरे । सर्बोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरे तथा नेपाल बार एशोसिएशनका माहासचिब अन्जिता खनालले समस्याको समाधाका लागि सकेको योगदान गर्न प्रतिबद्ध रहेको बताउदै कार्यपत्रमाथि  समिक्षात्मक टिप्पणी गरेका थिए ।  

कानून मन्त्रालयका सचिव सापकोटाले मध्यस्थता र मेलमिलापको क्षेत्रमा पुराना कानुनी दस्तावेजहरु संशोधनको प्रकृयामा रहेको र संस्थागत व्यवस्थापन गर्न सकृय भई आवश्यक कानूनी सुधारका लागि हरदम प्रयत्नरत रहने आश्वाशन दिए । कानून न्याय क्षेत्र, इन्जिनियरिङका विभिन्न क्षेत्र, प्रशासन तथा लेखा समेतका क्षेत्रगत विशेषज्ञहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा छलफलमा भाग लिदैँ ई. किशोरकुमार झा, राजेश थापा, टुकलाल अधिकारी, तिमिला यमी, राजेश थापा,  वरिष्ठ अधिवक्ताहरु टंक दुलाल, रामकृष्ण काफ्ले डा. अवतार न्यौपाने, अधिवक्ताहरु पुर्णिमा गुरागाईँ लगायतले टिप्पणी गरेका थिए ।  


 

Advertisement

Advertisement