खुमलटारमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष दाहाललाई भेट्न अध्यक्ष ओली खुमलटारस्थित निवासमा पुगेका हुन् । 

Advertisement

यसअघि आजै बिहान प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । दाहाल नेकपा (एमाले) लगायत विभिन्न सात राजनीतिक दल तथा स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । 

प्रधानमन्त्री दाहालसँग यादवको भेट
यसैबीच प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 

Advertisement

Advertisement