ट्विटरले प्रधानमन्त्री  दाहालको आधिकारिक अकाउन्ट ‘लक’ गरिदियो

Advertisement

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले प्रधानमन्त्री पुष्पकमल दाहालको आधिकारिक ट्वीटर अकाउन्ट ‘लक’ गरिदिएको छ । प्रधानमन्त्री भएलगत्तै उनको आधिकारिक अकाउन्ट लक गर्नु अर्थपूर्ण देखिन्छ । 

हिंसात्मक आन्दोलनपछि राजनीतिक मुल प्रवाहमा भएका दाहालको नेतृत्वमा विशेषगरी वामपन्थी र गणतन्त्र विरोधीहरुको सरकार बनेको थियो । यसअघि पश्चिमा समर्थनको सरकार रहे पनि हालको सरकारलाई भारत तथा चिनियाँ समर्थनको सरकारको रुपमा हेरिएको छ । 

Advertisement

दाहालको ट्विटर एकाउन्ट लक भएबाट कतै पश्चिमाहरुको असन्तुष्टिको संकेत त होइन् ? भनेर आशंका सुरु भएको छ । लक भएको अकाउन्टबाट दाहालले राखेरका सुचना तथा सन्देशहरु अरुले हेर्न तथा कमेन्ट गर्न सक्दैनन् । 

दाहालको सचिवालयले भने के कारणले ट्विटर एकाउन्ट लक गरिएको बुझ्ने काम भइरहेको बताएको छ । उक्त अकाउन्टमा दाहालको तस्वीर पनि आफूहरुले परिवर्तन नगरी अर्को अपलोड गरिएको सचिवालयको भनाई छ । 

Advertisement

Advertisement