कृषि बैंकले वार्षिकोत्सव मनाउँदै, निमित्त सीईओ सुबेदीको संयोजकत्वमा मूल समारोह समिति गठन

Advertisement

काठमाडौं । कृषि विकास बैंकले आगामी माघ ७ गते स्थापनाको ५६औं वार्षिकोत्सव मनाउने भएको छ ।  

बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीको अध्यक्षतामा मंगलबार मुख्य कार्यालयमा बसेको बैठकले ५६औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । 

Advertisement

वार्षिकोत्सब भव्यताका साथ मनाउन निमित्त सीईओ सुबेदीको संयोजकत्वमा मूल समारोह समिति तथा उपमहाप्रबन्धहरुको संयोजकत्वमा बिभिन्न  उपसमितिहरु गठन गरिएको छ । 

बैठकमा बैकका उपमहाप्रबन्धहरु, बिभागीय प्रमुखहरु, बैकमा कृयाशील युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 

Advertisement

Advertisement