सामसङले वासिङ मेसिनहरुमा दिने भयो २० वर्षको वारेन्टी

Advertisement

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको छ ।

सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार यसले  ई–वेष्ट न्यूनीकरण गर्ने  र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।

Advertisement

आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुद बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दावी छ । 

‘सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेन्टी ल्याएको छ । घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ, जुन आजको समयमा हाम्रो लागि ठुलो चुनौतीको रुपमा खडा भएको छ। तसर्थ, यो पहलले हाम्रा उपभोक्ताहरूको आत्मविश्वास जित्दै, हाम्रो सामानहरुमा दिगोपनको बाचासहितको ई–वेष्टलाई न्यूनिकरण गर्ने हाम्रो उद्देश्यलाई ठुलो टेवा पुग्ने छ’, सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोककुमार गुप्ताले भने । 

Advertisement

Advertisement