पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै (फोटो फिचर)

Advertisement

काठमाडौं । आज पुस २७ गते ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइयो । यस अवसरमा राष्ट्रपति विद्या भण्डारीले सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिन । 

तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती मनाउन छोडेपछि जनस्तरबाट मात्रै यो दिवस मनाइँदै आएकोमा १३ बर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दबाबमा सरकारले यो दिवस मनाउने निर्णयसहित सार्वजनिक विदा दिएको हो । 

Advertisement

आज देशभर विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा एकता दिवस मनाइँदै छ । गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सुरुवात गरेका थिए । त्यस क्रममा उनले छरिएर रहेका वाइसे चौविसे राज्यलाई एक बनाउँदै काठमाडौंलाई राजधानी र देशको नाम नेपाल कायम गरेका थिए । एकीकरण अभियानमा जोडिएको भूमिमध्ये झण्डै एक तिहाई जमिन अहिले भारतको उपनिवेशको रुपमा रहे पनि यसलाई फर्काउन शासकहरुले कुनै पहल गरेका छैन् । सुगौली सन्धीअनुसार तत्कालि बेलायती इष्ट इण्डिया कम्पनी सरकारले नियन्त्रणमा लिएको उक्त जमिन सन्धी खारेज भएपछि भने फिर्ता गर्न आनाकानी गरिँदै आएको छ । 

पृथ्वीनारायण राजा भएपछि सुरु भएको एकीकरण अभियान पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडा र सतलजसम्म विस्तार भएको थियो । उनै एकीकरण अभियान्ताको सम्मानमा राष्ट्रिय एकता दिवस मनाउने गरिए पनि तत्कालिन विद्रोही माओवादीले सुरु गरेको जातिय र क्षेत्रीय राजनीतिपछि उनप्रति घृणा फैलाउनेदेखि शालिक तोड्नेसम्मका कायम हुँदै आएको थियो । 

Advertisement

Advertisement