उच्च अदालतद्धारा संदीपलाई धरौटीमा रिहा गर्न आदेश

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

नाबालिगलाई बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर कारबाही अघि बढाउने आदेश दिए पनि उच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको हो । संदीपले जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन दिएका थिए । 

Advertisement

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई २० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको हो । नाबालिग बलात्कारको मुद्दामा संदीपलाई थुनामा राखिए पनि पीडित भनिएकी युवतीको उमेर १८ बर्षभन्दा धेरै रहेको प्रमाणहरु फेला परेपछि उच्च अदालतले उनलाई राहत दिएको हो । 

संदीपका शुभचिन्तकहरुले भने उनलाई धरौटीमा रिहा गर्दा मानसिक तनाव भइरहने बताउँदै फैसला गरेर नै न्याय दिन माग गरेका थिए । देशको प्रतिष्ठाका लागि अन्तर्राष्ट्रिय मैदानमा खेलिरहेको कुशल खेलाडी षडयन्त्रमूलक ढंगले बलात्कारको आरोप लगाउने र मुद्दा चलाउने काम भएको भन्दै धेरैले संदीपको रिहाईको माग गर्दै आएका थिए । 

Advertisement

Advertisement