प्रभु बैंकका अध्यक्ष सिटौलाले गभर्नर अधिकारी समक्ष लिए सपथ

Advertisement

काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  

सपथ ग्रहणपछि आजै बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई आज बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । 

Advertisement

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका सिटौलाले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका हुन् । 

उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । उनले नेपालका वाणिज्य बैंकका सीईओहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही कार्य गर्नु भएको थियो । बीमा संस्थान, नेपाल स्टक एक्स्चेञ्ज र कर्जा सूचना केन्द्रको सञ्चालक समितिमा समेत रहेर कार्य गरिसकेका छन् । 

यसअघि प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रहेर सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

Advertisement

Advertisement