व्यवसायी अग्रवाल दक्षिण एशिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

Advertisement

काठमाडौँ । युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल सीईओ इनसाइट एशियाद्वारा दक्षिण एशियाका उत्कृष्ट १० जनालाई प्रदा नगरिएको बिजनेस लिडर्स अवार्डबाट सम्मानित भएका छन् ।

यो संस्थाले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डोर्याउने उत्कृष्ट व्यवसायी र विचारशील लिडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ ।

Advertisement

अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको बजार बिस्तारमा भूमिका खेलेका छन् । हाल उनी रमेश कर्पोरेशनका कार्यकारी निर्देशक छन् । 

विभिन्न मोबाइल ब्रान्डहरू सफलतापूर्वक शुरू गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरका नीतिहरू बनाउने मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष पनि हुन् । 
 

Advertisement

Advertisement