व्यवसायी दुगडको जन्मोत्सवमा ५० हजार बृक्षारोपण, ६६६ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । एमभी दुगड़ गु्रपका अध्यक्ष मोतीलाल दुगड़ले बृक्षारोपण गरी ७६औं जन्मोत्सव मनाएका छन् ।  

गत वर्ष ७५औं जन्मोत्सवको अवसरमा गरिएको ५०,००० (पचास हजार) वटा विभिन्न प्रजातिका बोटविरुवाको वृक्षारोपण गर्ने प्रतिवद्धता स्वरुप उक्त कार्य सम्पन्न गरिएको हो । 

Advertisement

यसैअवसरमा देशका विभिन्न ठाउँमा रहेका शाखाहरुबाट ६ सय ६६ युनिट रगत संकलन गरिएको थियो । त्यसैगरि सोलुखुम्बु र रामेछाप जिल्लाका विभिन्न ठाउँमा आयोजना गरिएको आँखा शिविरमा कुल ९५० जनाको आँखा जाँच गरिएको थियो भने ६३ जनाको निःशुल्क रुपमा आँखाको शल्यक्रिया गरिएको थियो । 

विरगञ्जमा रहेको मानव सेवा आश्रमका ६४ जना वृद्धालाई दिवा भोजनको समेत व्यवस्था गरिएको थियो । पथलैया बारा जिल्लामा ट्राफिक बिट पोस्ट बनाएर प्रहरीलाई हस्तांतरण गरिएको थियो ।

यसवर्ष भने दुगड़ गु्रपको हाइड्रोपावर तथा प्रशारण लाईन सञ्चालित रामेछाप तथा सोलुखुम्बु जिल्ला अन्तर्गतका विभिन्न सामुदायिक वनहरुमा आधिकारिक रुपमा डिभिजन कार्यालय रामेछाप तथा गौरीशंकर संरक्षण क्षेत्र केन्द्रिय कार्यालय, सिंगटी दोलखाको सिफारिसमा बोटविरुवा बृक्षारोपण कार्य सम्पन्न गरिएको हो ।

साथै उक्त हाइड्रोपावर क्षेत्रका स्थानीय वासिन्दाहरुलाई करिव ३००।– विभिन्न फलफुल प्रजातिका विरुवाहरु निःशुल्क रुपमा समेत वितरण गरिएको थियो  । लिखु – ए परियोजना अवलोकन गर्ने गरी पर्यटक र बटुवाहरुलाई बिश्राम गर्न र बाँध अवलोकन गर्न सकिने ठाँउमा गोल राम्रा ३ सेडहरु र लिखु – २ को बाँध र लिखु – १ को पावर हाउस अवलोकन हुने गरि सेल्फी डाँडामा पर्यटक र बटुवाहरुको बिश्राम स्थल निर्माण गरिएको छ । साथै भँडार अस्पतालमा आधुनिक एक्सरे मेशिन उपलब्ध गराइएको छ ।

त्यसैगरी अटो डिभिजन अन्तर्गत नेपाल भरिका विभिन्न स्थानहरुमा कर्मचारीद्धारा वृक्षारोपण गरिएको विभिन्न प्रजातिका बोट विरुवाहरुको स्याहार, सम्भार तथा उचित हेरचाह सहितको रिर्पोट नै तयार पारिएको छ । 

काठामाडौंको बालाजुमा अवस्थित औद्योगिक क्षेत्र परिसरमा गत वर्ष रोपिएका १६० वटा बोट विरुवा, यसैगरि केदारनाथको शिर डोलेश्वर महादेव भक्तपुरमा रोपिएका ५५ वटा र  बाँकी देशका बिभिन्न शाखाहरुमा २८५१ वटा गरी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कुल संख्या ३०६६ वटा बोट विरुवाको वृक्षारोपण गरिएको छ । त्यसको पुनरावलोकन सहित उचित मल, जल, स्याहार, सम्भारको कार्य सम्पन्न गरिएको छ । 

अर्को वर्ष अर्थात् ७७औं जन्मोत्सवको अवसरमा फेरि पनि थप ५०,००० (पचास हजार) बोट विरुवाहरुको वृक्षारोपण गर्ने लक्ष्य निधारित गरिएको र हाइड्रोपावरमा उपलब्ध जग्गााहरुको सदुपयोग गर्दै फलफुलका १,००० बिरुवाहरु लगाउने लक्ष्य लिइएको एमभी दुगड ग्रुपकी पीआर हेड बिमला थापाले जानकारी दिइन् । 


 

Advertisement

Advertisement