दाहाललाई विश्वासको मत दिएर गल्ती गरियोः शेखर समूहको निष्कर्ष

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको छ । बत्तिसपुतलीमा जारी सो समूहको बैठकले दाहाललाई विश्वासको मत दिने संस्थापन पक्षको निर्णय गलत रहेको निष्कर्ष निकालेको हो । 

बैठकमा शेखर कोइरालाले दाहाललाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताउँदै गल्ती हुँदाहुँदै पनि बहुमतको निर्णय मान्नुपर्ने बाध्यता आफूहरुलाई परेको बताएको छ । 

Advertisement

बैठकमा सहभागी एक नेतका अनुसार कोइरालाले भने,  ‘हामीले विश्वासको मत दिएर गल्ती गर्यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ । सुनुवाइ भएन । विश्वासको मत दिन हुन्थेन ।’ पार्टीभित्र विवाद हुँदाहुँदै पनि संस्थापन पक्षका पदाधिकारीले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । 

कांग्रेस सत्ता गुमे पनि सकेसम्म राष्ट्रपति नभए सभामुख हात पार्ने दाउमा थियो । सभामुख र उपसभामुख दुवै सत्तारुढ गठवन्धनको पक्षमा गइसकेको छ भने राष्ट्रपति पनि सत्तारुढ घटक नेकपा एमालेले  छोड्न नसक्ने बताइसकेको छ । 
 
कोइराला समूहले आफ्नो पार्टीको आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि रणनीति आज बैठक बसेको हो । सहभागी अधिकांशले कांग्रेसले प्रतिपक्षको सशक्त भूमिका खेल्नसक्नुपर्ने बताएका थिए । 

Advertisement

Advertisement