कर्णाली प्रदेशमा डीआईजी ढकालको सक्रियता, धमाधम पक्राउ पर्न थाले फरार अभियुक्त

Advertisement

काडमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यालय प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले कार्यभार सम्हालेसँगै प्रहरी सक्रियता बढेको छ । 

अहिले कर्णाली प्रदेशका १० वटै जिल्लाबाट विभिन्न मुद्दाका अभियुक्त धमाधम पक्राउ पर्न थालेका छन् । 

Advertisement

यसैक्रममा जाजरकोट जिल्लाको भेरी नगरपालिका– ६ सिस्नेमा २०७४ पुस ३० गते श्रीमती भद्रकला कामीले आफ्नै श्रीमानको हत्या गरेको घटना खुलासा भएको छ । 

यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच दिनमा बहुविवाह मुद्दाका चार, बैंकिङ कसुर मुद्दामा एकजना र पुरानो कर्तव्य ज्यान मुद्दाका चारजना  गरी जम्मा नौजना फरार अभियुक्तलाई पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सम्बन्धविच्छेद, लागुऔषध, गाली बेइज्जती, जालसाजी  र कुटपिट मुद्दाका सातजना फरार अभियुक्तलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्भपतन र बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । 

जिल्ला प्रहरी कार्यालय कालिकोटले एकजना सार्वजनिक अपराध र एक बैंकिङ कसुर  गरी दुईजना  फरार अभियुक्तलाई पक्राउ गर्दा जिल्ला प्रहरी कार्यालय डोल्पाले पुरातात्विक मूर्ति चोरी मुद्दाको एकजना फरार अभियुक्तलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटले जबर्जस्ती करणी मुद्दाको एकजना फरार अभियुक्तलाई पक्राउ गरी कारवाही अघि बढाएको डीआईजी ढकालले जानकारी दिए । 

Advertisement

Advertisement