‘आइएमई पे’बाटै ललितपुर महानगरपालिकामा कर तिर्न सकिने

Advertisement

काठमाडौँ । आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

सम्झौता अनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ । 

Advertisement

सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । 

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्ने छन् । 
 

Advertisement

Advertisement