विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा सरकारले राहत सामग्री पठाउने

Advertisement

काठमाडौँ । विनाशकारी भूकम्पको चपेटामा परेको टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ ।

बुधबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

Advertisement

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्ने बताए । उनले भने, ‘हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्कीले सहयोग गरेको थियो । टर्कीको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ ।’ 

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, प्रधानसेनापतिलगायतको उपस्थिति थियो । सरकारले मेडिकल टोली, स्वास्थ्य सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने जनाइएको छ ।

Advertisement

Advertisement