माया खोला हाइड्रोको आईपीओ विहीबार बाँडफाँट हुने, कहाँ र कति बजे ?

Advertisement

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ १३ गतेदेखि माघ १७ गतेसम्म निष्काशन खुला भएको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहान ९ः३० बजे क्यापिटलकै कार्यालय कमलादी, काठमाडौंमा आईपीओ बाँडफाँट गरिने भएको हो । 

Advertisement

उक्त कम्पनीको आईपीओका लागि १३ लाख ९७ हजार ७ सय २३ जनाले १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपियाँ बराबरको १ करोड ५८ लाख ६३ हजार ८ सय १० कित्ताको लागि आवेदन दिएका छन् । 

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात सर्वसाधारणको लागि प्रतिकित्ता रु १०० अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।  

कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता शेयर निष्सकाशन गरी बाँडफाँट गरिसकिएको छ ।  

त्यस्तै दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख ९९ हजार २ सय जनाले १०–१० कित्ता शेयर पाउने छन् । 

कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ । 

Advertisement

Advertisement