शुभम पावरको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुुहोस्

Advertisement

काठमाडौं । शुभम पावर लिमिटेडले माघ १८ गते माघ २२ गते निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ ।  

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आज आईपीओ बाँडफाँट गरिएको हो । 

Advertisement

सर्वसाधारणलाई छुट्याइएको आईपीओ ४८ हजार १ सय ८६ जनाले १०-१० कित्ता र २ जना ११–११ कित्ताका दरले पाएका छन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://www.muktinathcapital.com/  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट http://www.shuvamhydro.com/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।       

उक्त कम्पनीको आईपीओका लागि कूल १२ लाख ७५ हजार ४ सय २१ जनाले १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको थियो ।  

कम्पनीले सामुहिक लगानी कोषहरुलाई २९ हजार ३० कित्ता, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ सर्बसाधारणका लागि बिक्री खुला गरेको थियो । 

कम्पनीले यसअघि स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ बिक्री गरिसकेको छ । 

उक्त कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरी २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको जनाएको छ ।  

Advertisement

Advertisement