‘खुम्बु ल्होसार कप’ सानोगौचरनमा आजबाट सुरु, आठ दिनसम्म चल्ने

Advertisement

काठमाडौं । शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको छ ।  खुम्जुङ युवा क्लबले हरेक बर्ष आयोजना गर्दै आएको ‘खुम्बु ल्होसार कप’को यो १३औं संस्करण हो । 

फागुन ६ गतेसम्म सानोगौचरणस्थित खेल मैदानमा सञ्चालन हुने यस खेलको पहिलो दिन आज खुम्जुङ युवा क्लब र आमाडब्लम युवा क्लब तथा नाम्चे युवा क्लब र ठमिछोवा फुटबल क्लबबीच हुँदैछ । 

Advertisement

खुम्बु पासाङल्हामु गाउँपालिका – खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर हाल देश तथा विदेशका विभिन्न ठाउँमा अध्ययन र काम गर्ने साथै खेलकुदमा रुचि राख्ने युवाहरुको खेलकुदको प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन गर्न र शेर्पा समुदायलाई एकै ठाउँमा जोड्ने यो खेल आयोजना हुँदै आएको आयोजकको भनाई छ । 

यस प्रतियोगितामा आठ वटा टिमः खुम्जुङ युवा क्लब, खुन्दे कम्युनिटी क्लब, नाम्चे युवा समुह, ठमिछोवा फुटबल क्लब, आमाडब्लम युवा क्लब, महेन्द्र ज्योति याक्स् स्टूडन्ट् फोरम र खुम्बु भेटेरनस् युनाइटेड सहभागी हुँदैछ । आठ दिनसम्म १५ खेल आयोजना हुने ‘खुम्बु ल्होसार कप’मा विजयीलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ । 

Advertisement

Advertisement