‘शिवमसंग उपहार टन्न’ योजनाको दोस्रो चरणको ‘लक्की-ड्र’द्वारा  विजेताको नाम सार्वजनिक

Advertisement

काठमाडौं । शिवम् सिमेन्टद्वारा ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली (उपभोक्ता तर्फ ३० जना र विक्रेता तर्फ ४० जना) विजेताहरुको नाम लक्की-ड्र मार्फत पत्रकार सम्मेलन गरि सार्वजनिक गरेएको छ ।

यसअघि पुस २६ गते लक्की-ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिसकेको थियो । हालसम्म लक्की–ड्रबाट उपभोक्ता तर्फ ६० जना तथा विक्रेता तर्फ ८० जना भाग्यसाली विजेता बनि सकेकाछन् भने स्योर सर्ट  पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् ।  

Advertisement

शिवम् सिमेन्टले मंसिर १८ गतेदेखि ‘शिवम्सँग उपहार टन्न’ नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरि रु. २००/– देखि रु. ५००/– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो । सोही कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहकहरुको उल्लेख्य संख्यामा सहभागिता रहेकोे थियो । 

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्ता तर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट राम प्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन भने, दोस्रो पुरस्कार अन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४ जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन् । 

तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशव कुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी  उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन । त्यस्तै लक्की–ड्र कार्यक्रममा पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओपिसि सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बीआईएस(आईएसआई), यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट्स प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिंदै आएको छ ।

Advertisement

Advertisement