नेशनल लाइफ ३६औं वर्षमा प्रवेश, हालसम्म ८५ अर्ब रुपियाँ बीमाशुल्क संकलन

Advertisement

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३६ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले स्थापनाकालदेखि पुस मसान्तसम्म ८५ अर्ब रुपियाँ कुल बीमाशुल्क आम्दानी गरेको जनाएको छ । 

वार्षिकोत्सवको अवसरमा नेशनल लाइफले रक्तदान कार्यक्रम संचालन गरेको थियो । त्यस क्रममा ५० भन्दा बढी कर्मचारीहरु सहभागी रहेको कम्पनीले जनाएको छ ।

Advertisement

साथै, नेशनल लाइफले देशभरमा ३४ वटा बाल र बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम रविभिन्न खेलकुद कार्यक्रम समेत सम्पन्न भएको जानकारी दिएको छ ।  

संस्थापक समूह र सर्वसाधारण समूहको ५५ बराबर ४५ को अनुपात रहेको नेशनल लाइफले आर्थिक वर्ष २०७७–७८ को मुनाफावाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरेको अवस्था छ । 

कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब रुपियाँ हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७–७८ बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी चार अर्ब ६४ करोड रुपियाँ पुगेको छ ।

आार्थिक वर्ष २०७७–७८ को बीमाङ्कीय मूल्याङ्कन पश्चात बीमितलाई न्यूनतम् प्रतिहजार ६३ रुपियाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपियाँसम्म बोनस प्रदान गर्दै आएको नेशनल लाइफले नेपालगंजमा भवन निर्माणको सुरुवात गरेको छ । 

एक सय १७ शाखा कार्यालय र ४६० कर्मचारी रहेको यस कम्पनीमा एक लाखभन्दा बढी अभिकर्ता छन् । कम्पनीले स्थापना कालदेखि गएको पुससम्म कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ भने २९ अर्ब ६० करोड रुपियाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । 

वार्षिकोत्सवमा कम्पनीका सीईओ सुरेश खत्रीले विश्वास गरेर सहकार्य गर्ने सबै ग्राहकहलाई धन्यवाद दिएका छन् । 

Advertisement

Advertisement