बुटवलमा व्यवसायीसामु सिलवालले भने– शाखाबाटै बीमा दावी भुक्तानी दिन पहल गर्दैछौं

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरुबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन् ।

सिलवालले बुटवलमा आयोजित उद्योगी व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बीमा दावी भुक्तानी सहज बनाउन शाखाहरुबाटै रकम भुक्तानीको व्यवस्था गर्न पहल भइरहेको बताएका हुन् । 

Advertisement

दुर्घटना बीमाको बीमाङ्क वृद्धिका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाउने सिलवालले बताए । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका प्रदेश कार्यालयहरुबाट गुनासो व्यवस्थापनका साथै बीमकको अनुगमन, निरीक्षण तथा सुपरीवेक्षण लगायतका कार्यहरु हुँदै आएको जानकारी दिए ।

उद्योगी व्यवसायीहरुले बीमकले बीमितलाई नभई बीमितले बीमक खोज्ने परिस्थिति सिर्जना गर्नका लागि बीमा कम्पनीहरु गम्भीर हुनुपर्ने औंल्याए । उद्योगीहरुले काठको बीमाका सम्बन्धमा नीतिगत व्यवस्था गर्नुपर्ने, दुर्घटना बीमाको बीमाशुल्क बढाएर मानवीय क्षतिको विद्यमान बीमाङ्क बृद्धि गर्नुपर्ने, बीमा दाबी भएबमोजिम दाबी भुक्तानी हुनुपर्ने, बीमा सचेतना एवम् बीमा शिक्षालाई सामूहिकरुपमा अगाडि बढाउनुपर्ने र बीमा सर्भेयरबाट छिटो प्रतिवेदन बुझाउने अनिवार्य व्यवस्था गर्नुपर्ने बताएका थिए । 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्वलप्रसाद कसजु, शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे, नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का पनि कार्यक्रममा सहभागी थिए । 

Advertisement

Advertisement