सिटिजन लाइफले सुरु गर्यो ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । कम्पनीले ३५० भन्दा बढी अभिकर्ता एवम कर्मचारीको उपस्थितिमा शुक्रबार यो भुक्तानी सेवाको सुरुवात गरेको हो ।

‘डायनामिक क्युआर पेमेन्ट सिस्टम’ले हरेक कारोबारको लागि फरक फरक क्युआर सिर्जना गर्ने र भुक्तानी गर्ना साथ आफै सिस्टममा अपडेट हुने कम्पनीले जनाएको छ । यस प्रकारको सिस्टमले सम्पत्ति शुद्धीकरणमा समेत सहयोग पुग्ने सिटिजन लाइफको विश्वास छ ।

Advertisement

अब सिटिजन लाइफ इन्स्योरेन्सको देशै भरिका १४० शाखा तथा उपशाखा कार्यालयबाट यो भुक्तानी प्रणालीको माध्यमबाट भुक्तानी गर्न सकिने जनाइएको छ । 

Advertisement

Advertisement