देशका ३० हजार सहकारीमा १५ वटा जति मात्रै बदमास हुन्, सबैलाई बदनाम नगरौंः मन्त्री राई

Advertisement

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । 

आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताए । राईले सहकारी संकटमा आए भनेर बजारमा हल्लाभन्दा पनि बद्मास गर्ने सहकारीहरुको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । 

Advertisement

उनले मन्त्रालयमा सहकारी क्षेत्रका वर्तमान समस्या र समाधानको आए मन्त्रालय तत्काल समाधान गर्न सहजीकरण गर्न तयार रहेको प्रतिवद्धता जनाए । राईले सहकारीहरुले विधि विधानभन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताए । 

तीस हजार सहकारीमा १५ वटा भन्दा बढीले बदमास नगरेको राईले दाबी गरे । उनले सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उल्लेख गरे । राईले ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताए । 

उनले सहकारी अभियानत तथा अन्य सम्बन्धित निकायहरुले सहकारीमा देखिएका समस्या र समाधान गर्न आवश्यक रहेको बताए । राईले भने, ‘यो मुलुक हल्लैहल्लाको देश हो । केही सहकारीहरु विधिभन्दा बाहिर गयो होला । ग्रामीण क्षेत्रका सहकारीहरुले राम्रो काम गरेका छन् । तीस हजार सहकारीमा १५ वटाले नराम्रो गरेको भए पनि अन्यले रामे गरेका छैनन् ।’ 

Advertisement

Advertisement