Advertisement

काठमाडौं । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

एमालेबाट सरकारमा रहेकी परराष्ट्रमन्त्री विमला राई पौडेललाई आइतबार मानवअधिकारसम्वन्धी संयुक्त राष्ट्र संघीय बैठकमा भाग लिन जेनेभा जान लागेको बेला प्रधानमन्त्रीले रोकेको भोलिपल्ट एमालेले आज यस्तो निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालले समीकरण बदलेर नेपाली कांग्रेसतर्फ गएर नयाँ गठबन्धन बनेपछि एमाले एक्लिएको छ । 

Advertisement

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिए ।

Advertisement

Advertisement