Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको सो पार्टीको केन्द्रिय कमिटिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्न नसकेको हो । 

बैठकले उपयुक्त समय नआउन्जेलसम्मका लागि सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । उनले बैठकले राष्ट्रपति निर्वाचनका लागि एमाले र काँग्रेस दुवै दलले सहयोग मागे पनि अहिलेसम्म पार्टीले कसलाई समर्थन गर्ने ? भन्ने बारेमा कुनै निर्णय लिइनसकेको स्पष्ट पारे । 

Advertisement

बुर्लाकोटीले बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले ब्रिफिङ गरेको बताए । 
 

Advertisement

Advertisement