Advertisement

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनस्र्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । उनले विभिन्न मागहरु राख्दै यही फागुन २० गतेबाट राजसंस्था पुनस्र्थापना गर्ने बताए । 

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियान संयोजकसमेत रहेका प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरे । 

Advertisement

नयाँ बानेश्वरस्थित संसद भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गरे । त्यसक्रममा उनले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा एक लाख ५० हजार पुर्याउनुपर्नेलगायतका १५ बूँदे माग प्रस्तुत गरे । 

कैदी बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यही पढने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई विना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि उनले राखेका छन् । 

प्रसाईंले भने, ‘हाम्रा यी मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ । यसमा सहमती जनाउन राजा ज्ञानेन्द्र शाह पनि आउनु हुन्छ । यो लडाई भनेको राष्ट्रको लागि हो । राष्ट्रियताको लागि हो । व्यवस्था बदल्ने लडाईं हो । हामीले धर्म खोजेको, राजा खोजेको हो ।’

व्यवसायी प्रसाईंले आफूहरुको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुको मारमा परेकाहरु आफूहरुको आन्दोलनमा सहभागी दावी समेत गरे । 

Advertisement

Advertisement