Advertisement

काठमाडौं । उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभामा साँसदहरु बेल्दै बैठक छोडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । 

बैठकमा खाली सिट देखिन थालेको बताउँदै प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन् । आफूले कुनैपनि काम अनुशासित भएर दिलदेखि गर्ने बताइन् ।

Advertisement

सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने ? भनि रानाले प्रश्न समेत गरिन् । उनले संसदमा जनताका कुराहरुलाई अनुशासित र मर्यादित रुपले उठाउने र विधेयकहरु बनाउने पनि बताए । रानाले भनिन् – ‘तपाईहरु लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खालि खालि सिट हुन्छ । मलाई दुःख लाग्छ । घरिघरि त धैर्यता लिँदालिँदा पनि इरिटेड हुन्छ । मलाई त प्रेसर पनि आइसक्यो । अस्तिसम्म त प्रेसर पनि थिएन । म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु । मन दिएर, दिल दिएर काम गर्छु । तर त्यसरी कति माननीयज्यूहरु नआउनु हुँदाखेरी मलाई एकदमै दुःख लाग्छ । भोलि हामीले जनतालाई के उत्तर दिने ? त्यस्तो पनि लाग्छ । र मैले कसरी हुन्छ मेरो ठाउँबाट कसरी मैले उहाँहरु सँग साथी जस्तो भएर जनताको कुराहरुलाई हामीले सम्बोधनमा अनुशासित भएर, मर्यादित भएर उठाउने छौँ र विधेयकहरु बनाउने छौँ । कति विधेयकहरु निष्क्रिय बनेको छ ।’

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन् । आफू उपसभामुखको रुपमा काठमाडौंमा मात्र नबसी जनताका कुराहरु सुन्न जिल्ला–जिल्लामा पुग्ने बताइन् ।

Advertisement

Advertisement