विद्या भण्डारी एमालेको मात्रै राष्ट्रपति होः उर्मिला अर्याल

Advertisement

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्या भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन् । बिहीवार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो तर्क गरेकी हुन् । 

अर्यालले  एमालेले जुनसुकै विधेयक लगे पनि पास गर्ने तर अन्य पार्टीहरुले लगेको विधेयक पास नगर्ने गतिविधिहरुका कारण भण्डारी एमालेको मात्रै भएको बताउँदै नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको बताइन् । 

Advertisement

दुई पटक लैजाँदा समेत विधेयक पास नगर्नु पीडादायी रहेको उनको तर्क छ । अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोकेको दाबी गरिन् । भण्डारीले राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्नेमा त्यो गर्न नसकेको बताइन् । भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले अघि बढेको अर्यालको आरोप छ । 

Advertisement

Advertisement