Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुरा निकै खतरनाक कुरा भएको जिकिर गरेका छन् । आफ्नो पार्टीनिकट सरकारी कर्मचारीहरुको एक कार्यक्रममा शनिबार उनले मानिस नभएको ठाउँमा विश्वविद्यालय खोल्ने कुरा विदेशीको दलाली हो, छिमेकी चीनविरुद्धको गद्दारी हो भन्दै नेपालको युरोनियममा चासो राख्न यस्तो गर्न लागिएको संकेत गरे । 

‘मुस्ताङमा विश्वविद्यालय भनेको के हो ? यो भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो । २०३१ साललाई ठूलो स्केलमा दोहोर्याउन खोजेको हो । आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ । विश्वविद्यालयका नाममा अरुथोकै गर्न खोजेको हो । विदेशीहरुको खेलमैदान बनाउन खोजेको । त्यहाँको युरोनियममा ध्यान दिएको हो’ ओलीले भने, ‘जहाँ मान्छे छैन्, त्यहाँ विश्वविद्यालय, लोमानथाङभन्दा माथि । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन् । यो बहुतै खतरनाक कुरा हो । 

Advertisement

राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको ओलीले बताए । उनले एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको जिकीर समेत गरे । जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै उनले त्यसबाट मुक्त पार्ने काममा लाग्न आग्रह गरे । 

भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै उनले आपत्ति समेत जनाए । ओलीले नेपालीहरु मारेर भए पनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको उनले टिप्पणी गरे । 

ओलीले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हाम्रो भान्साभान्सामा विषायीयुक्त चिज आउन दिने, भान्साभान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन कि हँुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन भने नेपाली मेरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ? भन्ने तर्कले अहिले प्रधानमन्त्रीजीको आदेशमा सब्जी, तरकारी आदिइत्यादिको विषयमा विषाधिको कुनै जाचबुझ गर्न पाईने छैन भन्ने आयो । हामीसँग संयन्त्र नहुने बेग्लै कुरा हो । भएजति त जाँच्नु प¥यो नि । तर जाँच्न नपाईने । किनभने छिमेकी खुशी पार्ने । अरु खुशी पार्ने । बाह्य शक्तिलाई खुसी पार्ने, आफ्ना जनतालाई विषाक्त चिजहरु खुवाएर मार्ने । त्यसखालको नीति लिएको छ सरकारले । त्यसको हामीले विरोध गर्नु परेन ? राष्ट्रिय हितको विषयमा हामीले लडनु पर्छ ।’

ओलीले काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको बताए । 

 

Advertisement

Advertisement