आफ्नो राष्ट्रपतिका उम्मेदवारलाई भोट माग्न कांग्रेस राजसंस्था पक्षधर राप्रपाको कार्यालयमा

Advertisement

काठमाडौं । सत्तारुढ गठवन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा पुगेको छ । 

सत्ता गठबन्धनका नेताहरुसहित राप्रपाको कार्यालयमा पुगेर पौडेलले आफू प्रजातन्त्रको रक्षाका लागि राष्ट्रपतिको उम्मेदवार बनेको भन्दै सहयोगको आग्रह गरेका थिए ।

Advertisement

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति चुनावका बारेमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताउँदै पौडेललाई जितको शुभकामना दिएका थिए । राप्रपाको फागुन २४ गते यसै विषयमा निर्णय गर्न पार्टीको केन्द्रिय समितिको बैठक बोलाएको छ । 

पौडेलसँग माओवादी नेता शक्ति बस्नेत, लोसपाका नेता शरतसिंह भण्डारी पनि राप्रपाको कार्यालयमा पुगेका थिए । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवा रहेका सुवासचन्द्र नेम्बाङ पनि यसअघि राप्रपाको कार्यालयमा भोट माग्न गएका थिए । राप्रपामा राष्ट्रपतिमा भोट नहाल्न चर्को दबाब छ । 

Advertisement

Advertisement