हजारौंको हत्या गरेको भन्दै मुद्दा दर्ता भएपछि प्रचण्ड नैतिक संकटमा, राजीनामा आउनसक्ने

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा हत्यासम्वन्धी रिट दर्ता भएको छ । 

गत २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा उनले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये पाँच हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका आधारमा उनीविरुद्ध मुद्दा दायर भएको हो । यो मुद्दा दर्तासँगै प्रचण्ड नैतिक संकटमा परेका छन् । उनले चाँडै नै प्रधानमन्त्री प्रदबाट राजीानामा दिनसक्ने अडकल पनि गरिएको छ । 

Advertisement

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडितहरु ज्ञानेन्द्र आरण, कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले मंगलबार रिट दायर गरेका हुन् । यसअघि दर्ता गर्न खोजिएको यो रिट सर्वोच्च प्रशासनले दरपिठ गरे पनि केही दिनअघि सर्वोच्चका दुई न्यायाधीशको इजलाशले रिट दायरको बाटो खोलिदिएको हो । 

आज दर्ता भएको रिटमा बिहीबारका लागि पेशी तोकिएको छ । रिटमा यसअघि नेपाल सरकार, सत्य निरुपण तथा मेलमिलाप आयोग, प्रहरी प्रधान कार्यालयलगायतका निकायबाट प्रचण्डलाई कारबाही नहुने भनी कुनै आदेश भएको भए बदर गर्न माग गरिएको छ । त्यस्तै व्यक्ति हत्याको जिम्मा लिने प्रचण्डलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

हत्यासम्वन्धी रिट दायर गर्न बाटो खोल्दिएपछि अहिले तत्कालिन सशस्त्र विदं्रोही माओवादीमा ठूलो भूकम्प गएको छ । नेकपा माओवादीबाट टुक्रिएर विभिन्न पार्टी बनेका विद््रोही नेताहरुले बैठक बसेर त्यसको प्रतिवाद गर्ने निर्णय पनि गरेका छन् । माओवादी केन्द्रले अदालतको आदेशलाई शान्ति सम्झौताविपरित भएको भन्दै विरोध गरेको छ । 

रिटमा जनयुद्धको नाममा हिंसात्मक आन्दोलन माओवादीले सुरु गरेकाले सबैका हत्याको जिम्मा माओवादीका नेताहरुले नै लिनुपर्ने तर्क पनि अघि सारिएको छ । 

Advertisement

Advertisement