प्रधानमन्त्री प्रचण्डमाथि व्यक्ति हत्याको मुद्दा दर्तापछि सत्ता गठवन्धनको आकस्मिक बैठक सुरु

Advertisement

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि हजारौं व्यक्तिको हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएलगत्तै सत्तारुढ आठ दलको आकस्मिक बैठक बोलाइएको छ । 

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको बैठकमा बिहीबार हुने राष्ट्रपति निर्वाचनको अन्योलता र प्रधानमन्त्रीविरुद्ध दर्ता भएको मुद्दाका बारेमा छलफल भइरहेको जनाइएको छ । 

Advertisement

सत्तारुढ आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ भने नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । 

Advertisement

Advertisement