Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारले कठोर निर्णय चाल्नुपर्ने बताएका छन् । काँग्रेसले देशको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँग गरेको छलफलमा उनले सरकार र संसदले अर्थतन्त्र सुधार गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्दा केही कठोर निर्णयसमेत गर्नुपर्ने बताए । 

मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल केही महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको बताउँदै थापाले काँग्रेस सरकारमा गएसँगै अर्थतन्त्रको दीर्घकालीन सुधार योजना अविलम्व अघि सार्ने बताए । मुलुकमा वार्षिक १८ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने स्थिति नआउनु राम्रो संकेत नभएको उनले बताए । 

Advertisement

थापाले आर्थिक विकासका लागि संरचनागत सुधार आवश्यक रहेको बताउँदै अर्थतन्त्रको संरचनागत सुधारमा नेपाली काँग्रेस केन्द्रित भएर आर्थिक चक्रमा देखिएको समस्या समाधान गर्न इमान्दार प्रयत्न गर्ने बताए । उनले अर्थतन्त्र बिग्रियो भनेर अहिलेजस्तो गुनासो पहिला कहिल्यै नसुनिएको बताए । संसदमा प्रधानमन्त्रीदेखि संसदहरु समेतले अर्थतन्त्रमा संकट छ भन्ने गरेको बताए । 


नेता थापाले काँग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल हटाउने काम गर्ने बताए । उनले अर्थतन्त्रको निश्चित ढाँचा र ढर्राबाट चलिरहेको अर्थतन्त्रलाई संरचनागत सुधार र उपचार नगर्ने हो भने कुनै न कुनै बेला थला पर्ने अवस्थामा पुग्ने बताए । 

महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार गर्न ढिलो भइसकेको भन्दै अब पनि कुनै कदम नचाले अर्थतन्त्र थप सङ्कटमा जाने बताए । उनले केही महत्वपूर्ण २२–२४ वटा कानूनलाई संसद्को चालु अधिवेशनबाटै टुङ्गयाउन जरुरी रहेको बताए । काँग्रेसले त्यसको लागि पहल गर्ने थापाले बताए । 

Advertisement

Advertisement