महिलाहरु पनि अब प्रधानमन्त्री बन्न सक्छन्, तर क्षमता विकास गर्नुपर्छः ओली

नेता ओलीको नजरमा विद्या भण्डारी सफल राष्ट्रपति, ‘नेपाली महिलाले गर्व गर्नुपर्छ’

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्या भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको दावी गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफ्नो पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले भण्डारीको तारिम गर्दै धेरै शब्द खर्चिए । 

ओलीले भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित गरेको बताउँदै यस खालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरुको लागि गर्वको विषय भएको जिकिर गरे । 

Advertisement

भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको उनको तर्क छ । ओलीले भने, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि विद्या भण्डारी जस्तो महिला नेतृ, तपाईंहरुको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियत.... भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर, त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने ।’ 

उनले थपे, ‘त्यो जिम्मेवारी एक पटक मात्रै होइन फेरि उहाँ जिद्धी गरेर, यहाँ रहनै पर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर पहिलो पटक सम्पूर्ण निर्वाचन मण्डल बनिसकेको थिएन । प्रदेशसभाहरु गठन भईसकेका थिएनन् । राष्ट्रिय सभा गठन भईसकेको थिएन । त्यस्तो अवस्थामा व्यवस्थापिका संसदले नै राष्ट्रपति चयन गर्नु परेको थियो । त्यो काम देखिसकेपछि, निर्वाचन मण्डल बनिसकेपछि, प्रदेशसभाहरु बनिसकेपछि उहाँलाई सिंगै देशले एक कार्यकाल छोटो भएपनि त्यसको अनुभवलाई हेरेर उहाँलाई राष्ट्रपति बनाएको थियो । यो हामी नेपालीहरुका लागि गौरवको विषय हो । यस आन्दोलनको नेतृ नेपालको ईतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नु भएको छ । तपाईहरुले उहाँहरुको राष्ट्रपतित्वको रुपमा महिला मुक्ति जो प्रकाशन गर्नु भएको छ । अत्यन्तै प्रशंशनीय काम हो ।’

ओलीले महिलाहरु अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास गर्नुपर्ने शर्त राखे । 

Advertisement

Advertisement