बालेनको कटु आलोचना गर्दै आएका महेश बस्नेत र बालेनबीच भेट, मिलेर जाने सहमति

Advertisement

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई कटु आलोचना गर्दै आएका नेकपा एमाले भक्तपुरका नेता महेश बस्नेतले बुधबार बालेनलाई भेटेका छन् । बस्नेतले निम्तो दिएपछि बालेन उनलाई भेट्न भक्तपुरको गुण्डी आइपुगेका थिए । 

निर्वाचनको समयमा राजनीतिक प्रतिस्पर्धा भएता पनि विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल तथा जनप्रतिनिधिको महत्वपूर्ण जिम्मेवारी जनताबाट लिएको दुवैले महशुस गरेको बस्नेतको सचिवालयले बताएको छ । 

Advertisement

दुवैले सहयोग र सद्भावका साथ अगाडि बढ्ने सहमति जनाएका छन् । बस्नेत र शाहबीच काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा खेल्नुपर्ने भूमिका, मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या, मनोहरा नदीको बहाव परिवर्तन, सुकुम्बासी बस्तीको समस्या समाधान, कोटेश्वर चोकमा आकाशे पुल निर्माण जस्ता विषयमा कुरा भएको जनाइएको छ । 

बालेको चर्को आलोचना गरेकै कारण बस्नेतले गएको संसदीय निर्वाचनमा झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित हुनुपरेको थियो । 
 

Advertisement

Advertisement