काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अमेरिकाबाट फर्किएकी एक महिलाबाट साढे २६ हजार अमेरिकी डलर (३४ लाख ६९ हजार रुपियाँ) फेला पारेको छ । त्यस्तै, उनीबाट अवैधरुपमा ल्याएको केही सुन पनि बरामद भएको छ ।
विशेष सूचनाको आधारमा चेकजाँच गर्दा अवैधरुपमा भित्राइएको डलर बरामद गरिएको विभागले जनाएको छ । गुरुङले लाखौं डलर बोकेर आएको सूचना भन्सार अघिकारीलाई आए पनि कम मात्रै भेटिएको विभागको भनाई छ । उनको साथबाट एक सय दरका दुई सय ६४ वटा नोट, ५० को एउटा, २० को तीन वटा, १० को छ वटा, ५ को चार वटा र २ को एउटा डलर भेटिएको छ ।
गुरुङ डलर कारोबारी रहेको र उनी शारीरिकरुपमा अशक्त समेत रहेको भन्दै विभागले जहाजबाट ओर्लिएपछि ह्विल चियरबाट आउजाउ गर्दा आफ्नो अशक्तता देखाएर सुन र डलर ओसारपसार गर्ने गरेको देखिएको बताएको छ ।
कानुन अनुसार ५० सय ग्रामभन्दा बढी सुन ल्याउन पाइँदैन। जसअनुसार बढी सुनको जरिवाना तिराइएको छ । भन्सारले राष्ट्र बैंकको फाइनान्सियल इन्टिलिजेन्टस् युनिट (एफआईयू)मा खबर गरेको छ । एफआईयूले विदेशी मुद्रा अपचलनको शंका लागेमा थप अध्ययन अघि बढाउनेछ ।