राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, कति आयो मत ?

Advertisement

काठमाडौं । राष्ट्रपतिमा सत्तारुढ गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनी तेस्रो राष्ट्रपति बन्न सफल भएका छन् । 

बिहीबार संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभारसहित निर्वाचित भएका हुन् । उनलाई केन्द्रका २१४ जना र प्रदेशका ३५२ जना साँसदले मत दिएर विजयी गराएका हुन् । ​

Advertisement

पौडेललाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । 

नेकपा एमालेबाट उम्मेदवार रहेको सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले केन्द्रका ९६ र प्रदेशका १६२ प्रदेश सांसदको मत पाए । आजको निर्वाचनमा केन्द्र र प्रदेशका ८३१ जनाले मतदान गरेका थिए ।

आजको निर्वाचनमा संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका एक जना साँसदले मतदान गरेनन् । कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर छन् भने कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार ठहरिएका टेकबहादुर गुरुङ निलम्बित भएका छन् । फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी अनुपस्थित रहे । 

प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । 

Advertisement

Advertisement